News

May 26, 2010

विभाजित लिम्बुवान एकता गर्न सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी, जेष्ठ १२,एउटै उद्देश्य भएपनि फरक समूहमा क्रियासिल पूर्वका लिम्बुवान समुहबीच एकताको पहल सुरु भएको छ । यसकालागि विभिन्न समूह एकताका लागि सहमत भएको संजुहाङ् पालुङवा नेतृत्वको लिम्बुवान राज्य परिषद्का महासचिव पद्म अधिकारीले जानकारी दिए पालुवाङसहित कुमार लिङ्देनलगायतका समूह अरुण पूर्वका नौ जिल्लालाई स्वायत्त लिम्बूवान राज्य घोषणा गराउन शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् ।
उनीहरुको संयुक्त भेलाले लिम्बूवानवादी शक्तिको एकताको विकल्प नभएको ठहर गरेको छ । एकता प्रकृया अघि बढाउन एक समिति समेत गठन गरिएको संघिय लिम्बूवान राज्य परिषदका महासचिव अधिकारीले आज जानकारी दिए । एकता गर्न गठित कार्यदलमा संघिय लिम्बूवान राज्य परिषदका तर्फबाट रामभक्त कुरुवाङ्ग र एल्भी पालुङा छन् । लिम्बूवान स्वायत्त परिषदबाट राजकुमार लाम्बो र आकाश राई छन भने संघिय लिम्बूवान राज्य परिषद (क्रान्तिकारी) बाट कुशुम लिङदेन र ज्ञानु इङनाम छन् ।
कार्यदललाई लिम्बूवान एकताका लागि निति, सिद्धान्त र कार्यक्रम निर्माण गरि लिम्बूवान एकताको सम्मेलन गर्ने अधिकार प्रदान गरेको अधिकारीले बताए । भेलाले लिम्बूवान स्वायत्तताका लागि राष्टिय शक्ति निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ । भेलाले संविधानसभाको म्याद थप्नु सभासदको जागिर अवधि बढाउने खेलमात्र भएको ठहर गर्दै म्याद थपको कुनै औचित्य नभएको ठहर गरेको छ । सर्वपक्षिय गोलमेच गरि सर्वजातिय ,सर्वपक्षिय राष्ट्रिय सरकार निर्माण गर्नु पर्ने माग भेलाले गरेको छ ।

No comments: