News

May 17, 2010

प्रचण्ड कुर्लिए–लडाई नजितेसम्म आन्दोलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ मे,२०१०,एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले लडाईं नजितेसम्म आन्दोलन नरोक्ने चेतावनी दिनुभएको छ । राजधानीमा आज माओवादीले आयोजना गरेको दश दलसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले प्रतिगमनकारी र प्रतिक्रियावादी समाप्त भएर जनता बिजयी नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
हामीले अहिले आन्दोलन स्थगित मात्र गरेका हौं, अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले माओवादीले उत्तेजनामा आएर आन्दोलन नगर्ने समेत बताउनुभयो । यथास्थितिमा माओवादीले संविधानसभाको म्याद थप गर्न अनुमति नदिने प्रचण्डको भनाई थियो । उहाँले आन्दोलन नयाँ उचाईमा लैजाने तयारी भईरहेको समेत बताउनुभयो ।

No comments: