News

May 20, 2010

थाइल्यान्डका सरकारविरोधी प्रदर्शनकारीले आत्मसमर्पण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैंकक/ थाइल्यान्डका सरकारविरोधी प्रदर्शनकारीले आत्मसमर्पण गरेका छन् । प्रदर्शनकारीले बुधबार आत्मसमर्पण गरेका हुन् । सेनाले प्रदर्शनकारी बसेको क्याम्पमा आक्रमण गर्न अघि बढेपछि प्रदर्शनकारीले आत्मसमर्पण गरेका हुन् । प्रदर्शनकारीतर्फका नेता जातुपोर्न प्रोमपानले माफी माग्दै धेरै मानिसको मृत्यु भएको आफूहरूले देख्न नसक्ने बताए ।
उनले अन्य प्रदर्शनकारीलाई पनि लडाइँ त्याग्न अनुरोध गरे । तर, केही प्रदर्शनकारीले लडाइँ जारी राख्ने बताएका छन् । अर्का प्रदर्शनकारी नेता नातावत साइकुवाले पनि प्रदर्शनकारीलाई घर र्फकन अनुरोध गरेका छन् । थाई सरकारका प्रवक्ता पानितान वाताले प्रदर्शनकारी नेताले आत्मसमर्पण गरे पनि अझै केही प्रदर्शनकारी र सेनाको झडप भइरहेको बताए ।
आत्मसमर्पण गरेका प्रदर्शनकारीलाई क्याम्पबाट बाहिर निस्कन दिनका लागि सेनाले केही समय लडाइँ बन्द गरेको बताएको छ । बुधबार सेना र प्रदर्शनकारीबीच भएको गोलाबारीमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । मर्नेमा एक इटालियन पत्रकार पनि छन् । बुधबारको हिंसामा दर्जनौँ घाइते भएका छन् । प्रदर्शनकारीले बैंककमा कब्जा जमाएको केही क्षेत्रलाई सेनाले नियन्त्रणमा लिएको छ ।

No comments: