News

May 21, 2010

गोर्खाल्याण्ड नेता मदन तामाङको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दार्जीलिङ, जेठ ७,गोर्खाल्याण्डको माग गरिरहेको अखिल भारतीय गोरखा लीगका अध्यक्ष मदन तामाङको हत्या भएको छ। उनलाई शुक्रवार दिउसो धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। दार्जीलिङको प्लान्टर्स क्लबको अगाडि तरबार प्रहार गरी मदनको हत्या गरिएको दार्जीलिङका जिल्ला प्रमुख सुरिन्दर गुप्ताले मिडियाकर्मीलाई बताए।
हत्यापछि दार्जीलिङ क्षेत्रमा तनावग्रस्त बनेको छ। सम्पूर्ण बजार दिउसै बन्द भएका छन्। सडकमा सवारी साधन चलेका छैनन्। मदनको हत्या जुन ठाउँमा भएको छ त्यही स्थानमा शुक्रवार उनी समर्थकहरुसँग बैठक गर्दै थिए। उनी अध्यक्ष रहेको अखिल भारतीय गोरखा लिगको यो बैठकलाई गोरखा जनमुक्तिले विरोध गरिरहेको थियो।
यी दुई गुटबीच झडप भयो र प्रहरीले गोली समेत चलायो। जिल्ला प्रमुख गुप्ताका अनुसार प्रहरीको गोलीले कोही घाइते भएनन्। मदन पश्चिम बंगालबाट गोरखाल्याण्ड अलग राज्यको माग उठाउँदै आएका थिए। उनी गोर्खाल्याण्ड भन्दा अरु कुनै पनि विषयमा सम्झौता हुन नसक्ने विचार राख्थे। उता गोरखा जनमुक्ति गोरखाल्याण्ड राज्य बनाउन एउटा अन्तरिम ढाँचामा जान सहमत थियो। दुई दलबीच यो विषयमा मतभेद रहँदै आएको थियो।

No comments: