News

May 21, 2010

माओवादीको बैठकमा प्रचण्डको प्रतिवेदन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२१ मे,२०१०,एकीकृत माओवादीको आजबाट राजधानीमा सुरुभएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिबेदन पेस गर्नुभएको छ । काठमाण्डौको कोटेश्वर स्थित पार्टी मुख्यालयमा आजबाट सुरुभएको बैठकमा समसामयिक राजनीतिक बिषयवस्तु समेटिएको प्रतिबेदन पेस गर्नुभएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । अध्यक्षको प्रतिबेदनमा विगतको मुल्याङकन हालको समिक्षा र भावि कार्यदिशा रहेको प्रवक्ता शर्माले बताउनु भयो ।बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गरेपछि आज पदाधिकारी र स्थायी समितिका सदस्यले धारणा राखिसकेका छन् । धारणा राख्ने क्रम नसक्किएकाले बैठक भोली बिहान एघार बजे सम्मका लागि स्थगित भएको छ ।

No comments: