News

May 22, 2010

आज देशभरका स्वास्थ्यसंस्था ठप्प, बिरामीहरुको विचल्ली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ मे,२०१०,चितवन भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणको विरोधमा आज देशभरका सम्पूर्ण स्वास्थ्यसंस्थामा आकस्मिक र अन्तरंग बाहेक सबै सेवा बन्द गरिएका छन् ।
श्रेष्ठको अवस्था तत्काल र्सार्वजनिक गर्न र सुरक्षाको प्रत्याभूतिको माग गर्दै विगत पाँच दिनदेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्था बन्द आह्वान गरेका हुन् । आकस्मिक बाहेकका सबै सेवा बन्द भएपछि विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा आएका बिरामीहरु अलपत्र परेका छन् ।
नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्था बन्द भएका हुन् । बेपत्ता चिकित्सकको खोजीमा सरकार गम्भीर नभएको भन्दै संघ आन्दोलनमा उत्रिएका हो । डाक्टर श्रेष्ठ गत जेठ ४ गतेदेखि सर्म्पर्कविहीन बन्न पुगेका छन् । उनको कार पोखरामा र ब्रिफकेश दारेचोकमा फेला परेको थियो ।

No comments: