News

May 24, 2010

बेपत्ता डाक्टरको घरमा छानविन टोली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ मे,२०१०,सात दिन अगाडिदेखि बेपत्ता बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अवस्था अझै अज्ञात रहेको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल चिकित्सक संघका अध्यक्ष डा. केदारनरसिंह केसीको नेतृत्वमा गठित सात सदस्यीय नागरिक छानविन टोली आज श्रेष्ठको निवास पुगेर उनको परिवारसँग छलफल गरेको छ ।
डा. केसीको अध्यक्षतामा गठित टोलीमा नेपाल बारका अध्यक्ष प्रेमबहादुर खड्का, चिकित्सक संघका महासचिव अन्जनीकुमार झा, मानवअधिकारकर्मी सुदीप पाठक, नेपाल पत्रकार महासंघका महासचिव पोषण केसी र माओवादी सभासद मंगल विक रहेका छन्।
टोलीले श्रेष्ठको ब्रिफकेस भेटिएको ठाउँ, अस्पतालका सहकर्मीहरुसित कुराकानी गर्नेछ। सरकारलाई चिकित्सक श्रेष्ठको स्थिति सार्वजनिक गर्न सङ्घले ७२ घण्टाको अल्टिमेटम दिइसकेको छ र यो माग समयभित्र पूरा नभए मुलुकभरका अस्पतालहरु अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी पनि दिएको छ।

No comments: