News

May 22, 2010

'एलभी' कमाण्डरहरुलाई विशेष राजनीतिक तथा कमाण्डिङ प्रशिक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङबुङ
जेष्ठ ३, २०६७,लिम्बुवानको इटहरी सुनसरीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको 'मिशन जेएमएस' तथा नेपालमा हाल संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता तथा संविधानप्रति भइरहेको गम्भीर षडयन्त्रहरुको विरुद्धमा राष्ट्रव्यापी रुपमा भण्डाफोर गर्ने मञ्चको कार्यक्रमअन्तर्गत जेष्ठ १ गते लिम्बुवान भोलेण्टियर्सको आयोजनामा भएको विशाल लिम्बुवानी खबरदारी आमसभा गरिएलगतै जेष्ठ २ र ३ गते धरानमा लिम्बुवान भोलेण्टियस्र 'एलभी' कमाण्डरहरुलाई विशेष राजनीतिक तथा कमाण्डिङ प्रशिक्षण दिइएको छ ।
सुनसरी धरानको हरियाली सामुदायिक भवनमा एलभी कमाण्डहरुलाई दिइएको उक्त रानीतिक तथा कमाण्डिङ प्रशिक्षणमा मञ्च तथा सम्बद्ध परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक', महासचिव सूर्य माखिम, सचिवालय सदस्य डीबी, सचिवालय सदस्य नोनाम, एलभी कमाण्डर फक्ताङलुङ, एलभी कमिसार प्रमदीप, राष्ट्रिय पार्षद सदस्य शिवकुमार पाङगेनहाङ र कृष्णमान थेबेबाट राजनीतिक तथा कमाण्डिङ प्रशिक्षण दिइएको थियो ।लिम्बुवान भोलेष्टियर्सलगायतका अन्य राज्यपरिषदका भोलेण्टियर्सहरुको राष्ट्रव्यापी साझा छाता सङ्गठन 'संघीय भाल्युण्टियर्स' हो ।

No comments: