News

May 20, 2010

संयुक्त लिम्बुवान मोर्चा हङकङको जनजागरण कार्यक्रम हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/नबराज काम्बाङ्ग लिम्बु,
यही जुन १३ आइतवारको दिन हङकङमा बसोवास गरेका सम्पृ्र्ण लिम्बुवानी नेपालीहरुको माझ संयुक्त लिम्बुवान मोर्चा हङकङको आयोजना र किरात याक्थुङ चुम्लुङ हङकङको सयोजनमा लिम्बुवान स्वायत्तता सम्बन्धी विशाल जनजागरण कार्यक्रम मंकी हिलमा सम्पन्न हुने भएको छ । सो कार्यक्रममा “अरुण - सप्तकोशी नदी पूर्वको भूराज्यलाई अखण्ड र अभिभाज्य राख्ने कसरी - बिषयक मन्तब्य मोर्चा तथा संघ, संगठनका प्रतिनिधि एवं अतिथिहरुवाट गरिने भएको छ । त्यसका साथै लिम्बुवान सम्वन्धी विविध सांस्कृतिक कार्यक्रमहरु पनि गरिने भएको छ । र वि.वि.क्यू. को पनि व्यवस्था गरिएको छ । संयुक्त लिम्बुवान मोर्चा हङकङमा आवद्ध संगठनहरु (१) लिम्बुवान मुक्ती मोर्चा, (२) लिम्बुवान राष्ट्रिय मोर्चा, (३) लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, (३) मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, (४) नेपाल लोकतान्त्रिक किरात लिम्बु संघ, (६) नेपाल स्वायत्त लिम्बुवान संघ रहेका छन् भने समन्वयकर्ता र संयोजनको रुपमा किरात याक्थुङ चुम्लुङ हङकङ रहेको छ । र सो कार्यक्रमलाई सफल पार्न लिम्बुवान नेपालमा र नेपालको जुन सुकै स्थानमा वसोवास गर्ने सम्पूर्ण हङकङवासीहरुलाई उपस्थिति भइ दिन हुन संयुक्त लिम्बुवान मोर्चा हङकङको हार्दिक अनुरोध गरीएको छ ।

No comments: