News

May 16, 2010

माओवादीले १५ गते आफ्नै संविधान घोषणा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २,एकीकृत नेकपा माओवादीले जेठ १४ गतेसम्म सहमति नभए त्यसको भोलिपल्ट आफैले बनाएको संविधान घोषणा गर्ने निर्णय गरेको छ। माओवादीले देशव्यापीरुपमा जनप्रदर्शनसहित 'जनताको संघीय लोकतान्त्रिक संविधान' घोषणा गर्ने जनाएको छ।
आज माओवादीको मुख्यालय पेरिसडाँडामा सम्पन्न पोलिटव्युरो वैठकले यसअघि घोषणा गरेका कार्यक्रमहरु समेत स्थगित गरेको छ। माओवादीले जेठ ४ गतेदेखि १० गतेसम्मको प्रशिक्षण र ११ गते 'तेस्रो धक्का'का रुपमा गर्ने भनिएको देशव्यापी जनप्रदर्शनलाई स्थगित गरेको हो।माओवादीले संविधान घोषणा गर्ने भनेको दिन नेपालमा गणतन्त्र घोषणा भएको दिन पारिएको छ। उनीहरुले संविधान सभामा बुझाएको मस्यौदालाई घोषणा गर्नेछ। साथै सबै जिल्ला सदरमुकाम र देशका प्रमुख सहरमा जनप्रदर्शनसहित संविधान घोषणा गर्ने जनाएको छ। संविधान सभामा मस्यौदा माओवादी बाहेक प्रमुख दल नेपाली कङ्ग्रेस र नेकपा एमालेले बुझाएका छैनन्।'१५ गते भव्य र सान्दाररुपले गणतन्त्र दिवश मनाउने र त्यसैदिन संविधान सार्वजनिक गर्ने निर्णय भएको छ,' माओवादी प्रवक्ता दीनानाथ शर्माले भने,'१४ गतेभित्र संविधान नबन्ने पक्कापक्की भएपछि हामीले नै घोषणा गर्न लागेका हौं।'

No comments: