News

May 26, 2010

ट्रिनिडाडमा भारतीय मूलकी महिला प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोर्ट अफ स्पेन/क्याराबियन देश ट्रिनिडाड एन्ड टोबागोमा पहिलोपटक भारतीय मूलकी महिला प्रधानमन्त्री बन्ने निश्चित भएको छ । आमचुनावको प्रारम्भिक परिणामअनुसार भारतीय मूलकी कमलाप्रसाद विशेसरको पार्टीले संसद्को ४१ सिटमध्ये १७ सिटमा विजय हासिल गरिसकेको छ ।पार्टी युनाइटेड नेसन्स कंग्रेस (युएनसी) की अध्यक्ष कमलाले १३ वर्षदेखि प्रधानमन्त्री पद सम्हाल्दै आएका पिपल्स नेसनल मुभमेन्ट पार्टीका नेता प्याटि्रक मेनिङलाई आमचुनावमा पराजित गरेकी छिन् । मेनिङले विपक्षीको अविश्वास प्रस्ताव टाल्नका लागि मध्यावधि चुनावको घोषणा गरेका थिए । मेनिङमाथि सरकारी सम्पत्तिको दुरुपयोग र सार्वजनिक भवन निर्माणमा धेरै खर्च गरेको आरोप लागेको छ । ट्रिनिडाड एन्ड टोबागोमा करिब १३ लाख जनसंख्या रहेको छ । ट्रिनिडाड एन्ड टोबागोका करिब ५० प्रतिशत जनता भारतीय मूलका छन् ।

No comments: