News

May 21, 2010

दक्षिणविरुद्ध युद्ध छेड्ने चेतावनी उत्तर कोरियाको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ नौसेनाको युद्धपोत डुबाएको आरोपमा कारबाही गरे दक्षिण कोरियाविरुद्ध युद्ध छेड्ने चेतावनी उत्तर कोरियाले दिएको छ । मार्च २६ मा दक्षिण कोरियाली नौसेनाको एक युद्धपोत समुद्रमा डुबेर बेपत्ता भएको थियो । अन्तर्राष्ट्रियस्तरमा गरिएको अनुसन्धानका अनुसार युद्धपोतलाई उत्तर कोरियाली सैनिकले आक्रमण गरी डुबाएका थिए । अनुसन्धानपछि प्रमाणसहित उत्तर कोरियाले युद्धपोत डुबाएको ठोकुवा गर्दै दक्षिण कोरियाले दोष लगाएको थियो । दक्षिण कोरियाको आरोपको प्रतिक्रिया दिँदै यस सम्बन्धमा कुनै कारबाही गरेमा ऊविरुद्ध युद्ध छेड्ने चेतावनी उत्तर कोरियाले दिएको छ ।उत्तर कोरियाली प्रवक्ताले दक्षिण कोरियाको अनुसन्धान प्रतिवेदन मनगढन्ते र बनावटी भएको आरोप लगाएका छन् ।
गत २६ मार्चका दिन दक्षिण कोरियाली युद्धपोत उत्तर कोरियानजिकका पीत समुद्रमा डुब्दा ४६ सैनिकको मृत्यु भएको थियो । अन्य ५८ जनालाई बल्ल-बल्ल उद्धार गरिएको थियो ।युद्धतोप डुबेको सम्बन्धमा छानबिन गर्ने अनुसन्धान टोलीमा सैनिक तथा गैरसैनिक सदस्यसहित दक्षिण कोरिया, अमेरिका, अस्टे्रलिया, बेलायत र स्विडेनका विशेषज्ञ सम्मिलित थिए ।

No comments: