News

May 18, 2010

संसदमा सभासदहरुबीच हिलो छ्यापाछ्याप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ मे,२०१०,व्यवस्थापिका संसदमा विभिन्न राजनीतिक दलका सभासदहरुबीच निर्धारित समयमा नयाँ संविधान जारी नहुनुमा आरोप प्रत्यारोप अर्थात हिलो छ्यापाछ्याप भएको छ । निर्धारित समयमा संविधान नबन्नुमा एकले अर्को दललाई दोष थोपरिएको छ । नेपाली काँग्रेसका रमेश लेखकले नेपाली काँग्रेस लोकतान्त्रीक संविधान निर्माणको पक्षमा रहेको बताउनुभयो । उहाँले शान्ति प्रकृयासँग जोडिएका सम्पुर्ण पक्षहरुको सम्बोधन भएमात्र नयाँ संविधान बन्ने शुनिश्चत हुने बताउनुभयो ।
सभासद् लेखकले संविधानसभाको म्याद १४ गते अगाडी नै म्याद नथपे लोकतन्त्र समाप्त हुने बताउनुभयो । नेकपा माओवादीकी सभासद् पम्फा भुषालले तोकीकएको समयमा संविधान जारी नभए सरकार र सरकारमा सहभागी दलहरु दोषी रहेको पुष्टि भएको दावी गर्नुभयो । सभासद् भुषालले वर्तमान सत्ता गठबन्धन शान्ति र संविधान लेखन र सहमति सरकार गठनको लागि नै बाधक भएको टिप्प्णी गर्नुभयो । उहाँले सहमतिको प्रकृया नसच्याएसम्म समय थप गरेपनि संविधान नबन्ने बताउनुभयो ।
एमालेका विष्णुप्रसाद रिमालले प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले संविधानसभा मार्फत संविधान नलेख्ने निर्णय गरेर नै सडकबाट संविधान जारी गर्ने चेतावनी दिएको दिएकेा टिप्प्णी गर्नुभयो । सभासद् रिमालले माओवादी लडाकुलाई सरकारले पालिरहने ठेक्का नलिएको भन्दै चाँडो सेना समायोजन गर्नुपर्ने धारणा राख्नुभयो ।
निलाम्बर आचार्यले संविधानसभा जिवन र मरणको दोसांधमा रहेपनि प्रमुख दलका शिर्ष नेताहरु संविधान निर्माणमा केन्द्रीत रहेर छलफल गर्न तयार नभएको बताउनुभयो ।

No comments: