News

May 25, 2010

तीन दलका शीर्ष नेताहरुको बैठक जारी कोटेश्वरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ११, गतिरोध अन्त्यको उपाय खोज्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ । माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा तीन दलका शीर्ष नेताहरुको सहभागिता छ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ सहभागी छन् । यस्तै एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, सचिव विष्णु पौडेल, नेताहरु भरतमोहन अधिकारी, प्रदीप ज्ञवाली तथा कांग्रेसबाट कार्यवाहक सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल, नेताहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र अर्जुन नरसिंह केसी सहभागी छन् ।
सोमबार बसेको तीन दलको बैठकले राष्ट्रिय सहमतिको आधारमा संविधानसभाको समयावधि थप गर्ने निर्णय भएको थियो । बैठकको आग्रहअनुसार नै संविधान संशोधन विधेयकमाथिको छलफल गर्ने मुख्य कार्यसूची हटाइएको थियो । विधेयकविरुद्ध माओवादीले दर्ता गराएको विरोध सूचनाको छलफललाई पनि अघि नबढाउने सहमति प्रमुख तीन दलबीच भएको थियो ।

No comments: