News

May 25, 2010

संघीय लिम्बुवान राज्य परिषदको प्रेस विज्ञप्ति

मितिः २०६७।०२।११
आज मिति २०६७ जेष्ठ ११ गते काठमाडौबाट प्रकाशित हुने नागरिक दैनिक पत्रिकाको 'युरोपेली टोली आफूखुशी भेटघाटमा' शीर्षकको लेखनाथ पाण्डेद्वारा पे्रसित समाचारमा उल्लेख गरिएको 'राजनीतिक दृष्टिले विवादस्पद् लिम्बुवान खम्बुवान' र 'आफूखुशी चन्दा अपहरण र लुटपाटमा संलग्न लिम्बुवान खम्बुवान' भन्ने भनाइप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको गम्भीर ध्यानाकर्षण भई कडा आपत्ति जनाउँदै त्यसको घोर भत्स्रना र विरोध गर्दछ ।२०६२ मंसिर २६ र २७ गते स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय माच र मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले स्थापनाकालदेखि नै सङ्खुवा-अरुणपूर्व नौं जिल्ला लिम्बुवानको आन्दोलनलाई राजनीतिक रुपमा उठान गर्दै आएको छ । यस परिषदले २०६४ फाल्गुन १८ गते राज्यसँग ५ बुँदे सहमति गरेर संविधान सभामा सहभागी भएको छ र परिषदको छाता सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संविधान सभाको चौधौं दल हो । संविधान सभाको राज्य पुनर्संरचना समितिले १४ प्रदेशको संघीय राज्यहरु सिफारिश गर्दा लिम्बुवान खम्बुवानकिरात राज्यहरु प्रस्ताव गरिसकेको छ जबकि लिम्बुवान भनेको आफैमा विशिष्ट इतिहास बोकेको भूमि हो । यी विषयवस्तुहरु यति प्रष्ट हुँदाहुँदै कसरी लिम्बुवान र खम्बुवान राजनीतिक रुपमा विवादास्पद् भयो ?मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आफ्ना हरेक कार्यकलापहहरु राजनीतिक तरिकाले गर्दै आएको छ । लिम्बुवानका जनताहरुको सहभागितामा दशौं हजारको आमसभाहरु सम्पन्न गरेको छ र लिम्बुवानभरि नौवटै जिल्ला र गाउँगाउँमा यसको सङ्गठन विस्तार भएको छ । नागरिकमा मिथ्या आरोप लगाइएझैं मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताहरुले कही जबरजस्ति चन्दा अपहरण र लुटपाट गरेको प्रमाण भए तुरुन्तै पेश गर्न पनि चुनौती दिन चाहन्छु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत् अरुणपूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य स्थापना गरियोस् भनी अघिबढिरहेको महान संघीयवादी आन्दोलनलाई अवरोध पुर्याउन सम्प्रेशित यस्ता एकात्मक र प्रतिकि्रयावादी विचाहरुप्रति सम्पूर्ण लिम्बुवानवासी जनताहरु सजग र सचेत भई यसको विरोध गर्नसमेत आह्वान गर्दछु । यस्ता सुनियोजित पूर्वाग्रही र लिम्बुवान विरोधी एकात्मक विचारहरुलाई यसै पत्रिकामार्फत् तुरुन्त सच्याइयोस् । अन्यथा, सो आरोपलाई मिथ्यासावित गाराउन यस्ता भ्रामक र दुस्प्रचारको विरुद्ध लिमबुवान कडा आन्दोलन गर्नसमेत बाध्यहुने चेतावनी यसै प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दछु ।साथै, नागरिक दैनिकमा प्रेशित समाचारको मुख्य आसयअनुसार आजसम्म लिम्बुवानको आन्दोलनलाई वैधानिक तथा शान्तिपूर्ण र सशक्तरुपमा लिम्बुवानी जनताकै प्रत्यक्ष सहभागितामा यहाँसम्म उठाउन सफल यस मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदसँग युरोपेली सांसद टोलीले भेटवार्ता गर्नेभन्ने कुनै जानकारी नभएको र सो भएपनि लिम्बुवान नामधारी अन्य कुनै कथित झुण्डहरुसँग हुनसक्ने कुरा पनि यसै विज्ञप्तिमार्फत् जानकारी गराउँदछु । र, कुनै कथित झुण्डहरुले केही नकरात्मकजस्तो देखिने कार्य गरेको भन्दै त्यसमा सम्पूर्ण लिम्बुवान पक्षधर सङ्गठनलाई यसरी नमुछ्न हुनसमेत हार्दिक आग्रह गर्दछु । धन्यवाद !

…………

कुमार लिङदेन मिराक

अध्यक्ष

माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद तथा संघीय लोकतान्त्रिक राष्ट्रिय माच

No comments: