News

May 25, 2010

हस्तलिखित राहदानीमा भिसा जारी गर्न जर्मनीले अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ११,नेपालले चैत १९ गतेदेखि मेसिन रिडेबल पासपोर्ट जारी गर्न नसकेपछि अंग्रेजी भाषामा 'यो मेसिन रिडेबल राहदानी होइन' लेखेर जारी गरेको हस्तलिखित राहदानीमा भिसा जारी गर्न जर्मनीले अस्वीकार गरेको छ ।
छोराको डिपेन्डेन्ट भिसाका लागि राहदानी बनाएर गत साता नेपालस्थित जर्मनी दूतावासमा आवेदन दिन पुगेकी एक महिलाले उक्त राहदानीमा जर्मनीले भिसा जारी गर्न अस्वीकार गरेको दुःखेसो पोखिन् । 'जर्मनीमा भएका बाबुलाई भेट्न छोरालाई पठाउन राहदानी बनाई जर्मनी दूतावासमा आवेदन गरेकी थिएँ,' ती महिलाले भनिन्, 'तर जर्मनी सरकारले हस्तलिखित राहदानीका बारेमा निर्णय नगरिसकेको जनाउँदै सबै ओरिजिनल डकुमेन्ट राखेर पछि सम्पर्क गर्न भने ।'
ती महिलालाई जर्मनी दूतावासका कर्मचारीले मेसिन रिडेबल पासपोर्ट जारी नभएको अवस्थामा हस्तलिखित राहदानीलाई मान्यता दिने कि नदिने भन्ने निर्णय जर्मन सरकारले गरिनसकेकाले भिसा जारी गर्न नसक्ने जनाएका थिए । 'हामी हाम्रो सरकारलाई के गर्ने भनेर सोध्छौं भन्ने जवाफ दिए,' ती महिलाले कान्तिपुरलाई भनिन्, 'भिसाका सम्बन्धमा कहिलेसम्म निर्णय हुन्छ भनेर सोध्दा निश्चित उत्तर दिएनन् । दूतावासका कर्मचारीले ती महिलालाई भिसाका लागि एक दुई हप्तादेखि अनिश्चित समयसम्म कुर्नुपर्ने हुनसक्ने उत्तर दिएका थिए ।

No comments: