News

May 24, 2010

थाइ सरकार थप कठोर रुपमा प्रस्तुत हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैंकक/ थाइल्यान्डका प्रधानमन्त्री अभिजित भिजाजिभाले सरकारविरोधी प्रदर्शनकारीलाई दबाउन सरकार अझै कठोर हुने बताएका छन् । प्रदर्शनकारीले हिंसा नत्यागेसम्म देशमा नयाँ चुनावबारे सोच्न नसकिने उनले बताए । साप्ताहिक टेलिभिजन सम्बोधनका क्रममा प्रधानमन्त्री अभिजितले देशमा उपयुक्त समयकमा आमचुनाव गरिने जानकारी दिए । भोलि के हुन्छ भन्ने कसैले केही भन्न नसकिने थाइल्यान्डको वर्तमान स्थिति रहेको उनले बताए । चुनाव गर्न उपयुक्त समय कहिले आउँछ भन्ने कसैले यकिन गर्न सक्ने अवस्था नरहेको उनको तर्क थियो । चुनावी घोषणाअघि देशमा भोलि के हुन्छ भनी सोच्नु सबैको कर्तव्य रहेको विचार उनले व्यक्त गरे । विगत केही महिनादेखि थाइल्यान्डमा रातो पोसाकधारीले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

No comments: