News

May 19, 2010

माओवादी प्रस्ताव काँग्रेसद्वारा अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ मे,२०१०,नेपाली कांग्रेसले एकीकृत माओवादीले लडाकू समायोजनका लागि गरेको प्रस्तावलाई अस्वीकृत गरेको छ । माओवादीले राखेको सहमतिय सरकार र आफ्ना लडाकु सहित सबै सुरक्षा निकायलाई मिलाएर नयाँ सुरक्षा फोर्स गठन गर्ने प्रस्तावबारे छलफल गर्न बैठक बसेको थियो । माओवादी सेनाको समायोजन गर्न संख्या तोक्नु पर्ने कांग्रेसको पुरानै अडान दोहो¥याएको छ । सहमतिको सरकार निर्माण गर्न माओवादीले विगतमा गरेका प्रतिबद्धता सुनिश्चित हुनुपर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति सुशिल कोइरालाको निवास महाराजगंजमा आज बसेको केन्द्रीय पदाधिकारीहरुको अनौपचारीक बैठकले यस्तो निर्णय गरेको हो ।
सुरक्षा निकायको मापदण्ड पुरा गर्ने लडाकुलाई मात्र समायोजन गर्न सकिने बैठकपछि कांग्रेस प्रवत्ता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो । यस अघि माओवादीले सेना समायोजनकालागि लडाकुहरुको भावना बुझ्न प्रत्येक शिविरमा जानुपर्ने अडान राखेको थियो ।

No comments: