News

May 24, 2010

नेपालीभाषिमाथिको आक्रमण रोक्ने खासी समुदाय प्रतिवद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दार्जीलिङ, जेष्ठ १० - खासी समुदायका अगुवाहरुले नेपालीभाषिमाथिको आक्रमण रोक्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले आफ्नो आन्दोलन नेपालीभाषिविरुद्धको नभइ सरकारविरुद्धको भएको उल्लेख गर्दै हिंसात्मक आन्दोलन रोक्ने बताएका हुन् । खासी अगुवाहरुको प्रतिबद्धता पछि मेघालयको जनजीवन विस्तारै सामान्यतर्फ उन्मुख हुँदै गएको भारतीय नेपाली एकता समाजका दिवाकर पौडेलले जानकारी दिए । 'जनजीवन सामान्य उन्मुख बन्दै छ' पौडेलले भने, 'विस्थापित नेपालीभाषी घर र्फकन थालेका छन् ।' खासीहरुले सरकारविरुद्धको आन्दोलन एक महिनाका लागि स्थगन गरेको समाचार त्यहाँ प्रकाशित समाचारपत्रहरुले सोमवार छापेका छन् । पौडेलका अनुसार मेघालय सरकारमाथिको आन्दोलनमा दुर्भाग्यवश नेपालीहरु घानमा परेका हुन् । खासीको प्रतिवद्धतापछि जयन्ती पहाडलगायतमा आश्रय लिएर वसेका हजारौ नेपालीभाषी घर फिर्न थालेका हुन् । अहिले वजार पनि खुलेका छन् । घटना दोहोरिन नदिन विवादित लांगपीमा आसाम र मेघालय दुवै राज्यका अर्धसैनिक वल परिचालन गरिएको छ ।

No comments: