News

May 20, 2010

व्यस्त छन् माओवादीका अध्यक्ष प्रचण्ड प्रस्ताव लेख्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० मे,२०१०,एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भोलि शुक्रबारदेखि हुने केन्द्रीय समितिको बैठकको प्रस्ताव लेख्ने क्रमलाई जारी राख्नु भएको छ । प्रस्ताव लेख्न अध्यक्ष प्रचण्ड हिजो काभ्रेको धुलिखेल पुग्नु भएको थियो । उहाँ आज अपरान्ह तीन बजेपछि काठमाडौं फर्किने माओवादी निकट समाचारस्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डको साथमा माओवादी नेता अग्नि सापकोटा पनि रहनु भएको छ । भोलिदेखि बस्ने माओवादी केन्द्रीय समितिको बैठकले संविधानसभाको म्याद थप गर्ने वा नगर्ने बारे अन्तिम निर्णय गर्ने बताइएको छ । यसबाहेक पार्टीको भावी रणनीतिका बिषयमा पनि छलफल हुने भएको छ ।

No comments: