News

May 20, 2010

मेघालय झडप हुँदा ३ नेपालीभाषीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी (भारत), जेष्ठ ५,पूर्वोत्तर भारतको मेघालय र असम सीमास्थित लांगपी गाउँका नेपालीभाषी र खासीबीच सोमबार राति झडप हुँदा ३ नेपालीभाषीको मृत्यु भएको छ । प्रहरीले भने मृत्युको पुष्टि गरेको छैन । मेघालय गोर्खा वेल्फेयर सेन्टरका सदस्य टीआर जोशीका अनुसार मेघालयको वडापानीका ७० को धनपति बाँस्तोलालगायत ३ जनाको मृत्यु भएको हो । अरू दुईको नाम खुलेको छैन । उनीहरूको मृत्यु खासीको पिटाइबाट भएको जनाइएको छ । जोशीका अनुसार कोइलाखानीमा काम गर्न पुगेका नेपालीलाई कुटपिट गरेर देश छाड्न चेतावनी दिइएको छ । 'घर जलाउने, कुट्ने, पिट्ने काम रोकिएको छैन', जोशीले फोनमा भने, 'नेपाली अमानवीय दुव्र्यवहार सहन बाध्य छन् ।'

No comments: