News

May 22, 2010

आप्पा शेर्पाले कीर्तिमानलाई तोड्दै २०औं पटक सगरमाथामाथि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सगरमाथाका सफल आरोही आप्पा शेर्पाले आफ्नै कीर्तिमानलाई तोड्दै २०औं पटक सगरमाथामाथि विजय प्राप्त गरी नयाँ विश्वकीर्तिमान कायम गर्नुभएको छ।एक वर्षघिको आफ्नो विश्वकीर्तिमान तोड्दै ५० वर्षको हिमाल आरोही आप्पाले शनिबार २०औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको हो। आप्पाले शनिबार बिहान ८ बजेर ३४ मिनेट जाँदा आफ्नो कीर्तिमान तोड्नुभएको हो। ‘हाम्रो आवाजलाई तिमी सुन, अब हामी हिमालमा जलवायु परिवर्तनलाई रोक्न सक्छौं’ भन्ने सन्देशयुक्त झन्डा उहाँले सगरमाथाको चुचुरोमा फहराउनुभएको थियो। जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा जनचेतना जगाउने उद्देश्यले शुरू भएको इको एभरेस्ट पर्वतारोहण टोलीका नाइके आप्पा जलवायु परिवर्तनसम्बन्धी र्सार्कका सद्भावना राजदूतसमेत हुनुहुन्छ।

No comments: