News

May 19, 2010

प्राध्यापकलाई लाइसेन्स अनिवार्य लिनुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
४ जेठ,प्राध्यापकहरूले पनि अनिवार्य रूपमा प्राध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने भएको छ । विश्वविद्यालय तथा आंगिक र सम्बन्धनप्राप्त शिक्षण संस्थामा प्राध्यापन गर्न योग्य र दक्ष उपप्राध्यापकको व्यवस्थाका लागि लाइसेन्सको व्यवस्था गर्न लागिएको हो ।विश्वविद्यालय अनुदान आयोगले देशभरका विश्वविद्यालय तथा अन्तर्गतका शिक्षण संस्थामा प्राध्यापन सेवामा प्रवेश गर्नुअघि लाइसेन्स परीक्षा अनिवार्य पास गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । आयोगले प्राध्यापन लाइसेन्सलाई नेसनल इलिजिबिलिटी टेस्ट (नेट) परीक्षा नाम दिएको छ ।
'प्राध्यापन सेवामा प्रवेश गर्नुअघि अनिवार्य रूपमा नेट परीक्षा दिनुपर्नेछ,' आयोगका अध्यक्ष कमलकृष्ण जोशीले भने, 'नेट परीक्षामा उत्तीर्ण भएका मात्र क्याम्पसका लागि योग्य प्राध्यापक हुनेछन् ।' उनका अनुसार स्नातकोत्तर तह उत्तीर्ण जोसुकैले पनि विश्वविद्यालय तथा अन्तर्गतका शिक्षण संस्थामा अध्यापन गर्न थालेपछि शैक्षिक गुणस्तर खस्कँदै गएकाले योग्य व्यक्तिको छनोटका लागि लाइसेन्सको प्रावधान लागू गर्न लागिएको हो ।

No comments: