News

May 16, 2010

हङकङमा मिनिबसको ठक्करले ३ वर्षका बालकको मृत्यू

लिम्वूवान डट व्लगस्पोट डटकम/हङकङ
जेठ २ शनिबार साँझ हङकङमा मिनिबसको ठक्करले ३ वर्षका बालकको मृत्यू भएको छ। नेपालीहरूको बाक्लो वस्ती रहेको जोर्डनस्थित क्यान्टोन रोडको छेउमा आमासँगै उभिएका बालक वाइजलाई तिब्र गतिमा आएको बसले ठक्कर दिएपछि मृत्यू भएको हो। छोराको मृत्यूबाट बेहोस् बनेकी आमालाई स्थानीय क्वीन एलिजावेथ अस्पतलामा उपचार गरी साँझ घर ल्याइएको छ। प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ। बालक पोखरा घर भएका शशी गुरुङका छोरा हुन्। उनी हङकङमा निर्माण मजदुरको रुपमा काम गर्छन्।

No comments: