News

May 17, 2010

वामदेवलाई कारवाही गर्ने खनालको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ मे,२०१०,प्रमुख सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कारवाही गर्ने बताउनुभएको छ । आज एमालेको मुख्यालय, बल्खुमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले गौतमलाई पार्टीको विधान अनुसार अनुशासनको कारवाही गरिने बताउनु भएको हो ।
एकीकृत माओवादीले सडकबाट घोषणा गरेको संविधान कसैलाई पनि मान्य नहुने उहाँको भनाई थियो । पटक पटक अन्तिम समयमा आएर सहमति भएको उल्लेख गर्दै एमाले अध्यक्ष खनालले वर्तमान गतिरोध पनि अन्तिम समयमा समाधान हुने दावी गर्नुभयो । उहाँले संविधानसभाको म्याद थप गर्नुको विकल्प नभएको समेत स्पष्ट पार्नुभयो ।
आगामी ११ दिनभित्र सबै दल सहमतिमा आउने उहाँको विश्वास रहेको थियो । प्याकेजमा भएका सहमति कार्यान्वयन गरेर सरकारको आयु छोट्याउन समेत अध्यक्ष खनालले माओवादीलाई आग्रह गर्नुभयो । आफूसँग माओवादीले प्रधानमन्त्रीको प्रस्ताव नगरेको जिकीर समेत अध्यक्ष खनालले गर्नुभयो ।

No comments: