News

May 20, 2010

क्यान्सर अस्पतालका डाक्टर श्रेष्ठको अपहरण/अवस्था अज्ञात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० मे,२०१०,भरतपुरस्थित चितवन अस्पताल बाहिरबाट अपहरित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अवस्था अझै अज्ञात रहेको छ । प्राप्त समाचार अनुसार श्रेष्ठको अपहरण भएको ४० घण्टा बितिसक्दा पनि स्थिति अज्ञात रहेका कारण उनका परिवार र शुभचिन्तकहरु चिन्तित बन्न पुगेका छन् । चितवन र पोखराका सबै सम्भावित नाका बन्द गरेर अपहरित डा. श्रेष्ठको खोजी कार्यलाई तीब्र पारिएको प्रहरीले जनाएको छ ।
डा. श्रेष्ठ बेपत्ता भएको २० घण्टापछि बुधबार बेलुका साँढे ६ बजे उहाँ चढ्दै आउनु भएको बा३च ९८९ नम्बरको गाडी पोखरा उपमहानगरपालिकास्थित कुडार चोकको सडकमा बेवारिसे अवस्थामा फेला पारिएको थियो । उनको गाडी बेवारिसे अवस्थामा फेला परेपछि उहाँको अपहरण भएको निष्कर्ष प्रहरीले निकालेको थियो ।

No comments: