News

May 19, 2010

सरकारको राजीनामा मागे नागरिक अगुवाहरुले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ मे,२०१०,नागरिक समाजका करिब तीन दर्जन अगुवाहरुले वर्तमान सरकारको राजीनामा माग गरेका छन् । उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गरि राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न वर्तमान सरकारले राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । उनीहरुले संविधानसभाको म्याद ६ महिना थप गर्न पनि माग गरेका छन् । दलहरु बसेर नै असहमतिका मुद्दाहरुलाई टुङ्गोमा पु¥याउनुपर्ने नागरिक समाजका अगुवाहरुको भनाई रहेको छ ।
प्रमुख राजनीतिक दलहरु, सार्थक र सघन बार्तामा बस, विज्ञप्तीमा भनिएको छ, सत्ता साझेदारी, सेना समायोजन तथा पुनर्स्थापना, नेपाली सेनाको लोकतान्त्रिकरण र संविधानका गाँठा परेका सवालहरुलगायत असहमति रहेका आधारभूत मुद्दाहरु बारे तुरुन्त अग्रगामी सहमति गर ।
संविधानसभाको चुनावपछि बहुमतीय प्रणालीमा गएपछि प्रमुख राजनीतिक दलहरुका आत्मकेन्द्रित राजनीति, अविश्वास र असमझदारी बढेको नागरिक अगुवाहरुको ठहर छ । उनीहरुले दलहरुको असमझदारीले लोकतान्त्रिक गणतन्त्र, संघीय राज्यप्रणाली र धर्मनिरपेक्ष राज्यको स्थापना जस्ता युगान्तकारी लोकतान्त्रिक उपलब्धिहरु समेत खेर जाने हुन् कि भन्ने गम्भीर आशंका पैदा भएको जनाएका छन् ।
एकातिर तोकिएको मितिमा नयाँ संविधान जारी गर्न प्रमुख दलहरु नै प्राथमिकताका साथ लागी नपर्दा र आजको मितिसम्म पनि संविधान घोषणा हुने नयाँ तिथि तय नहुँदा ऐतिहासिक संविधानसभाको अस्तित्व धरापमा परेको छ, विज्ञप्तीमा लेखिएको छ, जेठ १४ पछि देशमा संवैधानिक रिक्तता, अन्योल(अराजकता, थप प्रतिगामी तथा विदेशी चलखेल र सम्भावित भीषण द्वन्द्व प्रवल सम्भावना बन्न पुगेको छ ।
लोकराज बराल, श्याम श्रेष्ठ, सिकेलाल, ध्रुवहरि अधिकारी, पीताम्वर शर्मा, अभि सुवेदी, चैतन्य मिश्र, डा।रेणु राजभण्डारी, सुन्दरमणि दीक्षित, भैरब रिसाललगायतले विज्ञप्ती जारी गरेका हुन् । यस्तै, हेमबहादुर बिष्ट, रामेश, रायन, बिन्दु गौतम, डा। गोपाल शिबाकोटी, श्याम कोजू, शाक्य सुरेन, एकलाल श्रेष्ठ, मुक्ता श्रेष्ठ, धीरेन्द्र प्रेमर्षी, डा शरद वन्त, आनन्दराम पौडेल, रेणु शर्मा, राजेन्द्र महर्जनको नाम विज्ञप्तीमा उल्लेख छ ।

No comments: