News

May 17, 2010

संविधानसभाको म्याद एक बर्ष थप्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ मे,२०१०,सरकारले संविधान संशोधन गरी संविधानसभाको म्याद एक बर्ष थप गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले अन्तरिम संविधानको धारा ६४ मा संशोधन गर्ने गरी संविधानसभाको म्याद एक बर्ष थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले जानकारी दिनुभयो ।
यस अगाडि आजै सिंहदरबारमा बसेको सरकारमा सहभागी दश दलले संविधानसभाको म्याद एक बर्ष थप्न सरकारलाई सुझाव दिएका छन् । संविधानसभाको म्याद एक बर्ष थप गर्न तत्काल संसदमा संविधान संशोधन विधेयक लैजान सुझाव दिइएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो ।

No comments: