News

May 20, 2010

प्रधानाध्यापक बालाराम विद्यालयमै साङ्घातिक आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, जेठ ६- शिव उच्च मावि धुलियाविटका प्रधानाध्यापक बालाराम अधिकारीलाई स्थानीय केही युवाले विद्यालयमै साङ्घातिक आक्रमण गरेका छन्। टाउकोमा गहिरो चोट लागेका अधिकारीलाई सुर्खेतमा सामान्य उपचारपछि भारतको लखनउ लगिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालका अनुसार अधिकारीलाई बिहान ९ बजे सुमन बटाला, डिले रोकाया, कमल सोनी, गोविन्द सापकोटा, चेतन गुरुङ र पवन केसीको समूहले बेन्चको खुट्टाले टाउको तथा शरीरमा आक्रमण गरेका थिए। 'सरासर आएका उनीहरुले केही नबोलेर एक्कासि आक्रमण गरे'- प्रत्यक्षदर्शी शिक्षकको भनाइ उद्धृत गर्दै ढकालले भने। केही दिनअघि दुईजना केटा विद्यालयमा भर्ना हुन आएको र प्रअ अधिकारीले अभिभावक लिएर आउ भनेर फिर्ता गराएको घटनालाई लिएर आक्रमण भएको शङ्का विद्यालयले गरेको छ।आक्रमणमा संलग्नमध्ये स्थानीयले बटालालाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन्। अन्य पाँचजना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

No comments: