News

May 22, 2010

सिनेमा शैलीमा गोली हानाहान बालाजुमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ८ - शुक्रवार मध्यान्ह ३ : ४५ वजे बालाजु, पुल नजिकै गोली चल्यो। ठमेलतिर हुईकिईरहेको मोटरसाईको पछाडि बसेको युवकको हातमा बन्दुक थियो। उनी आफ्नो पछाडि आईरहेको अर्को मोटरसाईकल चालकलाई 'टार्गेट' गर्दै गोली हानिरहेका थिए, अनी टार्गेट युवक गोली छल्दै मोटरसाईकल पिछा गरिरहेका थिए। अचानक अर्का मोटरसाईकल चालकले पनि पेस्तोल झिके,गोली चल्यो। अघिल्लो मोटरसाईकलमा सवार युवक भक्लक्क ढले।
चलचित्रको दृष्यांकन हो या रियल सिन? बटुवा अन्यौलमा थिए। जव एक घाईतेलाई ट्याक्सीमा राखेर उपचारका लागि अस्पताल पठाइयो बल्ल खुल्यो ति दृष्य हतियारका कारोवारी र प्रहरीविच भिडन्तको 'रियल' थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेलले हतियार बेचविखन गर्दैछन् भन्ने जानकारी आएपछि कारोवारीको खोजीमा खटिएको प्रहरी टोली र हतियारका कारोवारीबीच भिडन्त भएको बताए। उनले भने, 'पक्राउ गर्न खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिनु अगाडि नै गोली हानेपछि प्रहरीले जवाफी फायरिगं गरेर एक जनालाई घटनास्थलबाट र अर्कोलाई घेराउ गरी पक्राउ गर्‍यो।'

No comments: