News

May 22, 2010

भारतीय मन्त्री नेपाल प्रहरीको नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तौलिहवा,हतियारधारी सुरक्षाकर्मीसहित भारतीय मन्त्रीको एक टोलीलाई बिनाजानकारी नेपाल प्रवेश गरेको भन्दै प्रहरीले कपिलवस्तुमा नियन्त्रणमा लिएको छ। भारतको उत्तर प्रदेशको बहुजन समाज पार्टीको तर्फाट महिलामन्त्री विद्या चौधरीसहित आएका ३ जना सुरक्षाकर्मीलाई कपिलवस्तुको चन्द्रौटा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।पक्राउ परेका मन्त्रीको टोली यूपी५०पी ८४०० नम्बरको भारतीय गाडीसहित कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्रबाट प्रवेश गरी करिब २२ किलोमिटर पर पूर्वपश्चिम राजमार्गको चन्द्रौटासम्म पुगेका थिए। भारतीय नम्बरको बन्द गाडीमा आएको सो टोलीलाई चेकजाँच गर्दा गाडीमा हतियार फेला परेको र सोधपुछ गर्दा गाडीमा भारतीय मन्त्री रहेको खुलासा भएको इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक यज्ञ भट्टर्राईले बताउनुभएको छ। हतियारधारी भारतीय सुरक्षाकर्मीसहितको मन्त्रीको टोलीलाई सीमा क्षेत्र कृष्णनगरदेखि चन्द्रौटासम्म पुग्दा समेत ठाउँठाउँमा रहेका नेपाली सुरक्षाकर्मीहरूको टोलीको चरम लापरबाहीप्रति स्थानीय जनताले आक्रोश व्यक्त गरेका छन्।

No comments: