News

May 28, 2010

मञ्चसम्बद्ध लिम्बुवान पान्थरको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,फेदेन पान्थर/ डीबी आङबुङ,
जेठ १२, २०६७/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थरको दोस्रो जिल्ला सम्मेलन लिम्बुवानको ऐतिहासिक स्थल पान्थरको सदरमुकाम फेदेनमा विभिन्न निर्णय र नयाँ कार्यसमिति चयन गर्दे जेठ १० र ११ मा सम्पन्न भएको छ । जेठ १० पान्थरको ४१ वटै गाविसबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकलगायत अन्य जनसमुदायले जिविसको खुल्ला मञ्चबाट विशाल र् याली निकाली फेदेनको विभिन्न ठाउँहरुको परिक्रमा नाराजुलुशसहित गरी पुनः खुलामञ्चमै पुगेर सभामा परिणत भएको थियो । तत्कालीन पान्थर जिल्ला अध्यक्ष जसबहादुर यङ्याको अध्यक्षता र जिल्ला सचिव सागर केरुङको सञ्चालनमा भएको सम्मेलनको उद्घाटन सभालाई प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक' ले पानसमा द्वीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । उद्घाटन सभामा परिषदका जिल्ला सचिव लाबाहाङ चेम्जोङले स्वागत मन्तव्य र आदिवासी जनजाति महासंघ पान्थरका अध्यक्ष लोकेन्द्र आले, संघीय विद्यार्थी युनियनका लिम्बुवान राज्य परिषदका अध्यक्ष जेण्टल लावती, एमाओवादीका दिनेश लावती, परिषदका राष्ट्रिय पार्षद भूपू डीएसपी कृष्णमान थेबे, लिम्बुवानअन्तर्गत संघीय धिमाल स्वायत्त परिषदका सचिव मातृका धिमाल, संघीय लेप्चा स्वायत्त परिषदका डुपछिरिङ काजी लेप्चा, संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङ, परिषदका केन्द्रीय सदस्य डम्बर राई, सचिवालय सदस्य डीबी खुखाङ, महासचिव सूर्य माखिम, उपाध्यक्ष द्वय ज्ञानबहादुर गुरुङ र ज्ञानुहाङ इम्बुङ तथा अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यवाहक महासचिव खगेन्द्र माखिम र प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक'द्वारा शुभकानमना मन्तव्य गरिएको थियो । अध्यक्ष लिङदेनले नेपाल र लिम्बुवानको समसायिमक सवालमा उद्घाटन सभालाई सम्बोधन गरिरहँदा साँझ अबेरसम्म पनि सहभागीहरुले धैर्यतापूर्वक सुनेर बसिरहेका थिए । त्यसैगरी, जेठ ११ गते पान्थर जिविसको हलमा अध्यक्ष लिङदेनकै प्रमुख आतिथ्यमा बन्दसत्र शुभाराम्भ भएको थियो । बन्दसत्रले तत्कालीन पान्थर जिल्ला अध्यक्ष जसबहादुर यङयालाई परिषदको केन्द्रीय सदस्यमा सिफारिश गर्ने प्रस्ताव पारित गर्दै लाबाहाङ चेम्जोङको अध्यक्षतामा ३५ सदस्यीय नवनिर्वाचित मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थरको चयन गरेको छ ।सम्मेलनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, शान्ति, संविधान र सङ्खुवा-अरुण-सप्तकोशीपूर्वको नौजिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गराउने अभियान विरुद्धमा जस्तोसुकै षडयन्त्र भएपनि त्यसको सामना गर्न मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद पान्थर जिल्ला कार्य समिति तयार रहेको र कुनै पनि हालतमा पछि नहट्ने निर्णय गरेको छ । त्यसैगरी, पान्थर जिल्लाको सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था कार्यालयहरुमा आदिवासी जनजाति, महिला, दलितलाई अनिवार्य समानुपातिक प्रतिनिधित्व गरिनुपर्ने र यसवर्ष मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद पान्थरका कार्यकर्ताहरुको तर्फबाट पान्थर जिल्लामा एकलाख नयाँ रुखको विरुवा राप्ने निर्णयसमेत गरिएको छ ।साथै, पान्थर जिल्लाका सबै स्कूल र कार्यालयहरुमा अनिवार्य फूलबारी र शौचालय बनाउनुपर्ने अभियान अघि बढाउने यसलाई बेवास्ता गर्ने स्कूल र कार्यालय विरुद्धमा शुरुमा समन्वयात्म पहल गर्दै अन्तमा, कडा कारवाहीसमेत चालिने पनि निर्णय भएको छ । नेपालबाट यूएनओ का विभिन्न शाखाहरुलाई हटाउने षडयन्त्र र यूरोपियन युनियनका प्रतिनिधिहरुलाई लिम्बुवानसँग भेट्न नदिने एकात्मक सरकारको घृणित कार्यको घोर भत्स्रना र विरोध गर्दै यो एकात्मक सरकारको पराजित मानसिकता भएको ठहर गरिएको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको दोस्रो जिल्ला सम्मेलनले चयन गरेको पान्थर जिल्ला कार्य समिति यस प्रकार चयन भएको छः
१ अध्यक्षः लाबाहाङ चेम्जोङ फाक्तेप १
२ उपाध्यक्षः रामकुमार केरुङ भारापा १
३ सचिवः सागर केरुङ याङनाम ५
४ सचिवालय सदस्यः डिल्लि लावती कुरुम्बा २
५ सचिवालय सदस्यः द्रोण सम्बाहाङफे आङना ७
६ सचिवालय सदस्यः खाम्बेकहाङ आङदेम्बे आरुबोटे ३
७ सचिवालय सदस्यः दलप्रसाद लावती मौवा ३
८ सचिवालय सदस्यः दुर्गा नेम्बाङ फाक्तेप २
९ सचिवालय सदस्यः वृजहाङ आङदेम्बे आङसाराङ ५
१० सचिवालय सदस्यः खगेन्द्र आङदेम्बे नवमीडाँडा ५
११ सचिवालय सदस्यः नरेन्द्र केरुङ याङनाम ८
१२ सचिवालय सदस्यः देउकुमार केरुङ सिदिन ७
१३ सचिवालय सदस्यः पृथ योङ्या ओयाम ४
१४ सचिवालय सदस्यः संगिता लक्सम नागी १
१५ सचिवालय सदस्यः हर्कजङ लिङदेन पाचमी १
१६ जिल्ला सदस्यः नारायण नेम्बाङ रानीटार ८
१७ जिल्ला सदस्यः प्रकाश केरुङ सिदिन ७
१८ जिल्ला सदस्यः किरण थाम्सुहाङ याङनाम ४
१९ जिल्ला सदस्यः शुभराज नेम्बाङ इम्बुङ २
२० जिल्ला सदस्यः विश्व लम्सम नागी १
२१ जिल्ला सदस्यः सन्दिप थाम्सुहाङ प्राङबुङ ५
२२ जिल्ला सदस्यः योगेन्द्रप्रसाद राई रवी ५
२३ जिल्ला सदस्यः अमर लक्सम नागी १
२४ जिल्ला सदस्यः चन्द्र तुम्सा लिम्बा ४
२६ जिल्ला सदस्यः सन्तोस शकर फेदेन १
२७ जिल्ला सदस्यः जितेन चेम्जोङ फाक्तेप १
२८ जिल्ला सदस्यः सनम तुम्बापो चोकमागू ५
२९ जिल्ला सदस्यः केन्द्र चेम्जोङ सारताप २
३० जिल्ला सदस्यः नरबहादुर सिगु नागी ३
३१ जिल्ला सदस्यः इन्द्रकला लावती मौवा ९
३२ जिल्ला सदस्यः रामबहादुर नेम्बाङ नवमीडाँडा १
३३ जिल्ला सदस्यः दिपक खनाल भारापा १
३४ जिल्ला सदस्यः तिलवीक्रम नेम्बाङ चिलिङदेन १
३५ जिल्ला सदस्यः धनकुमारी खजुम रानीटार १

No comments: