News

May 23, 2010

संविधान संसोधन विद्येयकविरुद्ध माओवादीले अर्को सूचना दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ९ - सरकारले व्यवस्थापिका-संसदमा पेस गरेको संविधान संसोधन विद्येयकविरुद्ध माओवादीले आइतबार अर्को सूचना दर्ता गराएको छ । माओवादी नेता देवप्रसाद गुरुङ र एकराज भण्डारीले संसदमा सरकारले पेस गरेको संविधान संसोधन विद्येयकविरुद्ध सूचना दर्ता गराएका हुन् । सरकारले संविधानसभाको म्याद एक बर्ष थप्नेगरी ३ जेठमा संविधान संसोधन विद्येयक दर्ता गरेको थियो । सरकारले धारा ६४ मा संसोधन गरी संविधानसभाको म्याद एक बर्ष थप गर्न विद्येयक दर्ता गरेको थियो । माओवादीले बहुमतीयबाट सहमतीय प्रणाली र प्रधानमन्त्रीले राजिनामा नदिएसम्म संविधानसभाको म्याद थप्न नदिने बताउँदै आएको छ । यसअघि नै एमाले सभासद् धीरेन्द्रबहादुर श्रेष्ठले संविधानसभाको म्याद थप्न गैरसरकारी विद्येयक दर्ता गराएका थिए ।

No comments: