News

May 27, 2010

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस-विज्ञप्ति

मितिः २०६७।०१।१३
संविधान सभाको दुई वर्षको समयावधि भोलि जेठ १४ गते सकिँदैछ र भोलि संविधान जारिनुहने पनि प्रष्ट भइसकेको छ । संविधान सभाको प्रारम्भमा एनेकपा माओवादीको नेतृत्वमा सरकार थियो र नेकपा एमाले उक्त सरकारको दोस्रो स्थानमा सहभागी थियो । माओवादीको नौ महिने सरकारको कार्यकालपछि एमालेको नेतृत्वमा सरकार बन्यो र हालसम्म छ । भर्खरमात्र, एमालेका वरिष्ठ नेता तथा सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले ''संविधान सभा मैले चाहेको थिइन'' भन्ने भनाइ सार्वजनिक गरेपछि एमाले प्रारम्भदेखि नै संविधान सभा असफल गराउने योजनामा थिएछ भन्ने पुष्टि गर्दछ र आखिरी एमालेकै नेतृत्वमा सरकार रहँदा तोकिएको समय जेठ १४ मा संविधान जारिनहुने निश्चित भयो । संविधान सभाबाट संविधान जारी नहुनु भनेको जनताका लामो र कठोर वलिदानीपूर्ण सङ्घर्षपछि प्राप्त उपलब्धीहरु संघीयता लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता शान्तिप्रकि्रया र संविधानसभा आदिमाथि नै गम्भीर खतरा सिर्जना हुनु हो । यसकारण, जनताका उपलब्धीहरुलाई बचाउन र यसलाई संस्थागत गर्न संविधान सभामा सहभागी सम्पूर्ण दलहरुको सहमतिमा राष्ट्रिय एकताको सरकार निर्माण हुनु एकमात्र विकल्प रहेको छ । मुलुक र जनताका तमाम् उपलब्धीहरुलाई संस्थागत गर्न राष्ट्रिय एकताको सरकार बन्न जरुरी छ जसको लागि मुख्य अवरोधको रुपमा संविधान सभा नै नचाहने तथा संविधान सभाको निर्वाचनमा दुदुई ठाउँबाट जनताद्वारा पराजित गराइएका व्यक्ति वर्तमान सरकारको प्रधानमन्त्री रहेको हुँदा यो सरकारले तत्काल राजीनामा दिनुपर्दछ । र, सविधानसभाको अधूरो कामलाई पूरा गर्न आवश्यक समय थप गर्नुको विकल्प छैन । यदि मुलुकलाई सही रुपान्तरण गर्ने आमूल परिवर्तनकारी जनताका अजेण्डाहरुलाई बेवास्ता गरी यो सरकारले राजीनामा नदिने र राष्ट्रपति शासन लगाएर देशलाई षडयन्त्रपूर्ण कृतिम सङ्कटकालतिर धकेल्ने दुस्साहस सरकारले गर्दछ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यससँग सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, खम्बुवान स्वायत्त राज्य परिषद, तामाङसालीङ स्वायत्त राज्य परिषद र थरुहट स्वायत्त राज्य परिषद आदि जनताका उपलब्धीहरुको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पछि नहट्ने कुरा हामी यसै प्रेसविज्ञप्तिमार्फत् सार्वजनिक गर्न चाहन्छौं । मुलुक र जनताका उपलब्धीहरुलाई संस्थागत गर्न नेपालका सबै उदाउँदा साना दलहरुसमेतको सहकार्यमा ठूला दलहरु तत्काल सहमतिमा पुग्ने वातावरण बन्नुपर्दछ । संविधान सभाको विघटन गर्ने वर्तमान सरकारको योजनालाई विफल पार्दै संविधान सभालई बचाउन तत्काल नयाँ सहमतिको राष्ट्रिय एकताको सरकार गठन गर्ने सर्तमा संविधान सभाबाट नयाँ संविधान जारी गर्न आवश्यक समय थप गर्नुपर्दछ ।अन्तमा मुलुक संविधान र जनताका आमूल परिवर्तनकारी अजेण्डाहरुको रक्षा गर्ने बाटोतर्फ अग्रसर रहोस् । यदि उपरोक्त सहमति नगरी मुलुकलाई अन्तहीन द्वन्द्वमा फसाउने गम्भीर षडयन्त्र भएमा सोको सम्पूर्ण जिम्मेवारी यही एमाले-कांग्रेस नेतृत्वको सरकार हुनुपर्दछ ।
……………
खगेन्द्र माखिम
का. महासचिव
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
Contact No. 9741112362

No comments: