News

May 16, 2010

आमहडतालका कारण दार्जिलिङको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम/ सिलगुडी र डुबर्सलाई अन्तरिम व्यवस्थामा समेट्ने गोर्खाल्यान्ड समर्थकको प्रस्तावमा भारतीय सरकारले असहमति जनाएको विरोधमा गोर्खा जनमुक्ति मोर्चाले गरेको आमहडतालका कारण शनिबार दार्जिलिङको जनजीवन प्रभावित भएको छ ।
हडतालका कारण बिहानैदेखि दार्जिलिङ, सिक्किमलगायतको यातायात, बजार, शिक्षण संस्था उद्योग कलकारखाना सबै ठप्प रहे । गत मंगलबार भारतको नयाँदिल्लीमा गोजमुमो, भारतीय केन्द्र सरकार र पश्चिम बंगाल सरकारबीच भएको वार्तामा भारत सरकारले डुबर्स र सिलगुडीलाई अन्तरिम व्यवस्थामा समेट्न अस्वीकार गरेको थियो । त्यही विषयलाई लिएर गोजमुमोले शनिबार र आइतबारका लागि गोर्खाल्यान्ड बन्दको आह्वान गरेको हो ।
करिब डेढ महिनाअघि भएको राजनीतिकस्तरको वार्तामा कुनै सहमति हुन नसकेपछि गत मंगलबारका लाागि वार्ताको मिति तय गरिएको थियो । त्यस वार्तामा पनि कुनै सहमति हुन नसकेको मोर्चाले बताएको छ । लामो समयसम्म सचिवस्तरमा वार्ता गरेपछि राजनीतिकस्तरको वार्ता सुरु भए पनि मोर्चाले अपेक्षा गरेअनुरूपको कुनै सफलता हात पर्न सकेको छैन ।

No comments: