News

May 18, 2010

कुरा मिल्न सकेन काँग्रेस र माओवादीको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ मे,२०१०,विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि एकीकृत माओवादी र नेपाली काँग्रेसबीच आज भएको छलफल बिना निष्कर्ष टुङ्गिएको छ । काठमाडौंको ठमेलस्थित होटल बैशालीमा आज बिहान माओवादी र काँग्रेस नेतृत्वबीच भएको छलफल निष्कर्षहीन बन्न पुगेको हो । राजनीतिक गतिरोध अन्त्य गर्दै संविधानसभाको म्याद थप गर्ने बिषयमा दुई दलको शीर्ष नेतृत्वबीच छलफल भएको थियो ।
माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक गतिरोध अन्त्य र संविधानसभाको म्याद थप गर्ने बिषयमा छलफल भए पनि कुरा नमिलेको बताउनुभयो । संविधानसभालाई सार्थक र औचित्यपूर्ण बनाउन दुई शर्त अगाडि सारेको स्पष्ट पार्दै प्रचण्डले त्यो पूरा नभए संविधानसभाको म्याद थप गर्नुको औचित्य नभएको बताउनुभयो । बैठकमा सहभागी काँग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादीसँग प्याकेजमा सहमतिका लागि छलफल भईरहेको जानकारी दिनुभयो ।

No comments: