News

May 25, 2010

२ सयभन्दा बढी नेपालीभाषी भारतबाट नेपाल प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काँकडभिट्टा, जेठ ११,भारतको मेघालयबाट नेपालीभाषीलाई खासी समुदायले जिउँदै जलाउने र लखेट्नेक्रम जारी रहेपछि आज २ सयभन्दा बढी नेपालीभाषी पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश छन्। कोइलाखानीमा २२ वर्षदेखि काम गर्दैआएका धरानका ४५ वर्षीय शम्भु राईले भने - 'नेपालीमाथि निरन्तर भएको शृङ्खलाबद्ध आक्रमणबाट जोगिन रातरात भागेर हामी समूहसमूह बनाई आजमात्र पाँच गाडी नेपाल फर्किएका हौँ।' उनले भने - 'तीन दिनसम्म त कोठाबाट बाहिर निस्कन पनि सकेनौँ, फोनमा नै साथीहरुसँग सम्पर्क गरेर योजना बनाई राति नै भागेर आयौं।' नेपाल फर्कनेमा गाईघाट, धनकुटा, धरान, विराटनगर, मोरङ र झापाका रहेका छन्।
पूर्वोत्तर भारतको मेघालय र आसामको सीमावर्ती लाङ्गपी प्रकरणपछि दुईजना नेपालीलाई जिउँदै जलाएर खासी समुदायले हत्या गरेका थिए भने नौजना नेपालीको कोइलाखानीमा लुक्ने हुँदा पुरिएर मृत्यु भएको थियो।हालसम्म सो घटनामा १४ जना नेपाली भाषीले ज्यान गुमाएको र हजारौँ नेपाली मेघालयबाट विस्थापित भएर आसामको सिल्टर, बोको, जयन्तीलगायतका स्थानमा आश्रय लिइरहेको आजै नेपाल फर्किएका गाईघाटका बलबहादुर तामाङले जानकारी दिए।

No comments: