News

May 26, 2010

चर्को नागरिक दबाबमा शीर्ष नेताहरुको बैठक जारी

जेष्ठ १२,संविधानसभाको म्याद सकिन दुई बाँकी रहँदा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक चर्को नागरिक दबाबमा सुरु भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकले कुन कुनै सहमति निकाल्ने अपेक्षा गरिएको छ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरु सहभागी छन् । यसअघि बुधबार बिहान भएको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले गृहकार्यको तयारीका लागि भन्दै समय माग गरेपछि साँझसम्मका लागि स्थागित भएको थियो । बुधबार नै प्रधानमन्त्रीले माओवादी अध्यक्ष दाहाल, भारतीय राजदूत राकेश सुद, सत्तासाझेदार दलका नेता तथा निकतवर्तीहरुसँग छलफल गरेका थिए । संविधानसभा भवनभित्र बैठक चलिरहँदा शीर्ष नेताहरुले बाहिर भने चर्को नागरिक दबाब खेपिरेका छन् । कुनै पनि हालतमा सहमति नगरी नउठ्न आग्रह गर्दै बाहिर नागरिक अगुवाहरु, आदिवासी जनजाति महासंघमात्र होइन सभासद् पनि दबाबका लागि बसिरहेका छन् ।
नागरिक अगुवाहरु बैठक सुरु हुनु अघि नै संविधानसभा भवन परिसरमा पुगेका थिए भने जनजाति महासंघका पदाधिकारीहरु मंगलबारदेखि नै अनिश्चितकालीन धर्नामा बसेका छन् । सभासद् अभिषेकप्रताप शाहले पनि मंगलबारदेखि नै संविधानसभाको म्याद थप्न माग गर्दै भोकहड्ताल जारी राखेका छन् ।
संविधानसभा भवनभित्र बैठक चलिरहँदा सुरक्षा व्यवस्था कडा पारिएको छ । सञ्चारकर्मीलाई पनि भित्र पस्त दिइएको छैन ।

No comments: