News

Oct 7, 2010

रुसी मूलका दुईजना प्राध्यापकले संयुक्त रूपमा नोबेल पुरस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्टकहोम/ मानिसले जानेसम्मको अति पातलो, अति बलियो वस्तु-कार्बनबारे निकै महत्त्वपूर्ण परीक्षण गरेबापत यसपटक रुसी मूलका दुईजना प्राध्यापकले संयुक्त रूपमा नोबेल पुरस्कार पाएका छन् । यस वस्तुले कम्प्युटरलाई अति तीव्र र पारदर्शी पर्दामा स्पर्श गर्नेर् बनाउँछ । उनीहरू हुन्, बि्रटेनको युनिभर्सिटी अफ म्यान्चेस्टरका दुई प्रोफेसर आन्द्रे जिम र कोन्स्तान्तिन नोवोसेलोभ । उनीहरूले कार्बनको एक रूप ग्राफिनको अपवाद संघटक प्रदर्शन गरेका थिए । यो रूप एक परमाणुजति मात्रै बाक्लो हुन्छ । ग्राफिनको परीक्षणले नयाँ र अतिशय बलियो वस्तु तथा प्रवर्तनकारी इलेक्ट्रोनिक्सको विकासमा ठूलो फड्को मार्न सक्नेछ । नोबेल पुरस्कारको राशि एक कोड क्रोनर अर्थात् १५ लाख डलर रहेको छ । 'अहिलेको सिलिकन ट्रान्जिस्टरका तुलनामा ग्राफिन ट्रान्जिस्टर धेरै तीव्र गतिको हुने विश्वास गरिएको छ । यसले कम्प्युटरलाई अझ बढी क्षमतायुक्त बनाउनेछ,' पुरस्कारको प्रशस्तिपत्रमा स्विडिस एकेडेमीले भनेको छ, 'यो व्यवहारतः पारदर्शी र सूचालक भएकाले ग्राफिनस्पर्शले काम गर्ने पारदर्शी पर्दा, लाइट प्यानल र सोलार सेलसम्म बनाउन एकदमै उपयुक्त छ ।'
५१ वर्षे जिम डच नागरिक हुन् भने ३६ वर्षे नोवोसेलोभसँग बेलायती तथा रुसी दुवै नागरिकता छ । दुवै जन्मजात रुसी हुन् र भौतिकीको अनुसन्धान रुसमै सुरु गरेका थिए । दशकौँसम्म अनुसन्धानमा लागेकाहरूलाई दिने गरिएको नोबेल यसपटक नोवोसेलोभजस्ता युवा वैज्ञानिकले पाएका छन् । अहिलेसम्म सबैभन्दा सानो उमेरका नोबेल विजेता २५ वर्षे लरेन्स ब्राग हुन् । उनले आफ्ना पिता विलियम ब्रागसँग १९१५ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार पाएका थिए । जिमले स्टकहोमका संवाददातासँग टेलिफोन अन्तर्वार्ता दिँदा नोबेल पुरस्कार पाएको घोषणाले आफू स्तब्ध भएको, तर सधँैझैँ कामकै योजनातिर लागेको बताए  ।
उनले आफू नोबेल पुरस्कार पाएपछि बाँकी जिन्दगी केही पनि नगरेर बस्नेमध्येमा आफू नपर्ने बताए ।
उनले गत वर्ष कार्बन परमाणुबाट दुई आयामिक आविष्कार गरेबापत खासगरी ग्राफिनको खोजका कारण प्रतिष्ठित कोर्बर युरोपियन साइन्स अवार्ड पाएका थिए । विशेषज्ञ वेज्ञानिकका अनुसार, ग्राफिन संसारकै सबभन्दा पातलो र सम्भवतः संसारको सबैभन्दा बलियो पदार्थ हो र अति विशिष्ट सूचालक हो । यसले विद्युत् तरंगलाई अति तीव्र गतिमा प्रसार गर्छ । यस वर्ष यही हप्ताको सोमबारदेखि विभिन्न विधाका लागि घोषणा गर्न थालिएको नोबेल पुरस्कार पहिलोपटक औषध विज्ञानका क्षेत्रमा बेलायती शोधकर्ता रोबर्ट एडवडर्सलाई दिइएको छ । उनको कामले नै टेस्टट्युब शिशु सम्भव भएको थियो ।

No comments: