News

Aug 17, 2008

उपराष्ट्रपति निवासमा आइतबार बेलुका बम विस्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपराष्ट्रपति परमानन्द झाको काठमाडौंस्थित निवासमा आइतबार बेलुका बम विस्फोट भएको छ । गौरीघाटमा रहेको उहाँको निवासमा भएको विस्फोटमा परी सुरक्षाका लागि खटिएका एक सैनिक घाइते भएका छन् । विस्फोट घटनापछि गौरीघाट, चाबहितल, मित्रपार्क तथा आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ । विस्फोट कसले गराएको भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान गर्दै उक्त क्षेत्र र आसपास सर्च गरिरहेको जनाएको छ ।कडा सुरक्षा अपनाइएको उपराष्ट्रपति निवासमा भएको विस्फोटपछि आसपास क्षेत्र समेत आतंकित भएको छ । घटनालगत्तै गृहमन्त्रालयले उपराष्ट्रपति निवासमा गराइएको विस्फोटलाई कायरतापूर्ण कार्य भनेको छ । उक्त मन्त्रालयले घटनाबारे तत्काल छानबिन गर्न प्रहरीलाई निर्देशन समेत दिएको छ ।

No comments: