News

Aug 27, 2008

पहिलो राजनीतिक भ्रमण भारतकै हुनेछ- प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो विदेश भ्रमणका रुपमा चीन भ्रमणलाई लिएर भारतीय प्रधानमन्त्री सहित सरकार असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री दाहालले आफूले पहिलो राजनीतिक भ्रमण भने भारतबाटै सुरु गर्ने बताउनुभएको छ । बेइजिङ भ्रमण राजनैतिक नभएर विषयकेन्द्रित भ्रमण रहेको उल्लेख गर्दै उहाँले यसलाई भारतले अन्यथा रुपमा लिन नहुने बताउनुभयो ।चीनको चार दिने भ्रमणपछि आज बुधबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँ बेइजिङमा आयोजित ओलम्पिक समारोहको समापन कार्यक्रममा सहभागी हुन जानुभएको थियो । ओलम्पिक समापनमा सहभागी हुनुलाई स्वाभाविक भन्दै प्रधानमन्त्रीले आफ्नो भ्रमण सफल र बहुआयामिक भएको टिप्पणी समेत गर्नुभयो ।नेपलाको शान्ति प्रक्रियामा सुरुको १२ बुँदे सम्झौतादेखि हालसम्म आइपुग्दा भारतको भूमिका उल्लेख्य रहेको भन्दै उहाँले आफूले राजनैतिक विदेश भ्रमण भारतबाटै सुरु गर्ने समेत उल्लेख गर्नुभयो । बेइजिङमा रहँदा धेरै मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसित भेट भएकाले भ्रमण उपलब्धिपूर्ण भएको उहाँको दाबी थियो । प्रधानमन्त्री चीनबाट थाइल्यान्ड हुँदै स्वदेश फर्कनुभएको हो ।

No comments: