News

Aug 26, 2008

प्रधानमन्त्री चीनबाट स्वदेशका लागि प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज मंगलबार चीनबाट स्वदेशका लागि प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डलमा रहेका प्रचण्ड पत्नी सीता, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, सरकारी निकायका कर्मचारीलगायत ११ जनाको टोली चीनबाट प्रस्थान गर्न लागेको हो । उहाँहरु आज साँझ बेइजिङबाट हङ्कङ जानुहुनेछ र हङ्कङ्बाट भोलि मात्रै राजधानी आइपुग्नुहुने चीनस्थित नेपाली दुतावासले जनाएको छ । स्वदेशका लागि हिड्नुअघि उहाँले चीनको प्रसिद्ध ग्रेटवालको भ्रमण गर्नुहुने छ । चीनको चार दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डल बेइजिङबाट ८० किलोमिटर टाढा रहेको ग्रेटवाल भ्रमणमा सहभागी हुने दूताबासले जनाएको छ ।ओलम्पिक समापन समारोहमा सहभागी हुन चीन जानुभएका प्रधानमन्त्रीले यसअघि हिजो नेपाली विभूति अरनिकोले बनाएको पैगोडा शैलीको स्वेत चैत्य, चीनीयाँ नेता माओत्से तुङको समाधिस्थलको अवलोकन गर्नुभएको थियो । यस्तै उहाँले चीनीयाँ राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वेन जीया वाओ लगायत चीनीयाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

No comments: