News

Aug 25, 2008

एमालेलाई दोस्रो मर्यादाक्रम दिन माओवादी तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रिपरिषदमा मर्यादाक्रमको विवादले दुइ पार्टीको सम्बन्ध चिसिइरहेका बेला माओवादी नेता एवं विदेश विभाग प्रमुख सीपी गजुरेलले एमालेलाई दोस्रो मर्यादाक्रम दिन आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । दलहरु मिलेर अघि जानुपर्नेमा मर्यादाक्रमको विवाद आउनु राम्रो नभएको उहाँले बताउनुभयो ।राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै गजुरेलले एमालेबाट सरकारमा नेतृत्व गर्ने वामदेव गौतमलाई प्रधानमन्त्रीपछिको दोस्रो मर्यादाक्रममा राख्न पार्टी तयार रहेको भन्दै यसमा गल्ती भएको स्वीकार गर्नुभयो । सरकारको नेतृत्व आफ्ना नेताले गरेपछि एमालेलाई दोस्रो मर्यादा क्रम दिन अप्ठेरो नहुने उहाँको भनाइ थियो ।मन्त्रिपरिषदमा प्रधानमन्त्री पुष्पकमल दाहालपछिको मर्यादा क्रममा अर्थमन्त्री डा. बाबुराम भट्टराइलाई राखिएपछि एमाले रुष्ट भएको हो । दोस्रो मर्यादाक्रम नदिए सरकारमै सहभागी नहुने एमालेका शीर्ष नेताहरुले बताइरहेका छन् । माओवादीका नेताले भने प्रधानमन्त्री चीन भ्रमणबाट फर्केपछि यो विवाद मिल्ने दाबी गर्दै आएका छन् ।एमालेले आफ्ना स्थायी कमिटी सदस्य वामदेव गौतम गृहमन्त्रीका रुपमा सरकारमा पार्टीबाट नेतृत्व गर्ने भनी निधो गरिसकेको थियो । तर मर्यादाक्रमकै विवादका कारण गत शुक्रबार भएको मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा एमाले नेताहरु सहभागी भएका थिएनन् ।

No comments: