News

Aug 29, 2008

एमालेमा शक्तिशाली अध्यक्ष प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (एमाले) अहिले सत्तासाझेदारीमा अल्भिएको देखिए पनि भित्रभित्रै आउँदो मंसिरमा राजधानीमा आयोजना गरिने आठौं महाधिवेशनको तयारीमा व्यापक रूपले लागेको पाइएको छ। पार्टी अहिले गरेका निर्णय महाधिवेशनमा प्रत्यक्ष ढंगले प्रभाव पर्ने हुँदा नेताहरू फुकीफुकी अघि बढ्न थालेका छन्।संविधानसभाको निर्वाचन परिणाम, माओवादीको नेतृत्वमा बनेको सरकारमा एमालेको सहभागिता र सहयोगका विषयमा पार्टी कार्यकर्ताबीच सकारात्मक, नकारात्मक दुवैखाले टिप्पणी भइरहेकाले त्यसले महाधिवेशनमा समेत प्रभाव पर्ने निश्चित देखिएको छ।आगामी महाधिवेशनले पार्टी संगठनात्मक ढाँचामा परिवर्तन गर्ने सम्भावना प्रबल रहेको नेताहरूले बताएका छन्। पार्टीनेता केपी ओलीको संयोजकत्वमा गठित पार्टीे प्रजातन्त्रीकरण कार्यदलले संगठनात्मक ढाँचा परिवर्तन गर्ने गरी प्रतिवेदन तयार गरेको थाहा भएको छ।संगठनात्मक ढाँचामा परिवर्तन गरिएमा पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षलगायतका पदसमेत रहनेछन्।त्यसो नभएमा अध्यक्ष र महासचिवको व्यवस्था गरी अधिकार बाँडफाँड गरिनेछ। अब बनाइने अध्यक्ष पहिले मनमोहन अधिकारी हुँदाजस्तो संवैधानिक हुने बुझिएको छ। पार्टी नेतामा महासचिवबाट राजीनामा दिए पनि माधवकुमार नेपालको पकड पार्टीत्र बलियो भएकाले उहाँ नै भावी अध्यक्ष हुने सम्भावना रहेको पार्टींक्तिमा मूल्यांकन पाइन्छ।पार्टी सक्रिय नभए पनि पार्टीथायी कमिटी र केन्द्रीय कमिटी ओगटेर बसेका धेरै नेताले आगामी महाधिवेशनबाट बिदा पाउने अवस्था उत्पन्न भएको छ। अहिलेदेखि नै कार्यकर्ताहरूले पार्टी महाधिवेशन त आओस् यिनीहरूलाई देखाउँछौं भन्दै हिँड्न थालिसकेका छन्।पार्टींक्ति अर्थात् कार्यकर्तामा महाधिवेशनको रौनक बढेको भए पनि पार्टीेन्द्रीय कमिटीले भने खासै तयारी गरेको पाइएको छैन। गत जेठको पहिलो हप्ता बसेको केन्द्रीय कमिटीको बैठकले आगामी मंसिरको पहिलो हप्ता आठौं महाधिवेशन गर्ने निर्णय गरे पनि अहिलेसम्म थप केही पनि भएको छैन। यद्यपि महाधिवेशनको तयारी र व्यवस्थापन कमिटी बनाउनेलगायतका निर्णयरू गर्न भोलि शनिबारदेखि केन्द्रीय कमिटीको बैठक बस्न लागेको केन्द्रीय कार्यालयले जनाएको छ।केन्द्रीय कमिटीको बैठक बस्न लागेका बेला अहिलेसम्म केही काम नभएकाले आगामी मंसिरमा पार्टी लागि ऐतिहासिक पर्वका रूपमा लिइने महाधिवेशन गर्न समय कम हुन्छ कि भन्ने तर्क पनि उठेको छ। त्यसबारेमा केन्द्रीय कार्यालय सचिव काशीनाथ अधिकारी भन्नुहुन्छ- मंसिरमै पनि धुमधामका साथ गर्न सकिन्छ।’

No comments: