News

Aug 27, 2008

सेना समायोजन छ महिनाभित्र हुने रक्षामन्त्रीको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षामन्त्री रामबहादुर थापा बादलले माओवादी जनसेना र नेपाली सेनाको समायोजन र पुनस्थापना छ महिनाभित्रमा भइसक्ने बताउनुभएको छ । सुनसरीको बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि पुगेका थापाले स्थानीय सञ्चारकर्मीसित कुरा गर्दै यस्तो बताउनुभएको हो । समायोजन कार्यका लागि विशेष समिति बनाइने जानकारी पनि उहाँले दिनुभयो ।नेपाली जनताले राजनीतिक दलहरूलाई आफ्नो मत दिएर सरकार बनाउने जिम्मेवारी दिएको र नेपाली सेनाले सरकारका कुरा शिरोधार्य गर्ने प्रतिज्ञासमेत गरिसकेको अवस्थामा दुवै सेना समायोजनलाई शङ्काको दृष्टिकोणले नहेर्न उहाँले आग्रह गर्नुभयो ।प्रधानमन्त्री चीनबाट फर्केपछि सरकारले पूर्णता पाउने र मन्त्रीको मर्यादाक्रमको पनि टुङ्गो लाग्ने रक्षामन्त्री थापाले बताउनुभयो । रक्षामन्त्रीले मन्त्रीको मर्यादाक्रमको विषय त्यति ठूलो विवाद नरहेको टिप्पणी गर्दै नेपाली जनताले नेकपा माओवादीलाई सबैभन्दा ठूलो दल बनाएकाले मन्त्रीको मर्यादाक्रममा उसलाई पहिलो नम्बरमा बस्ने अधिकार रहने दाबी गर्नुभयो

No comments: