News

Aug 27, 2008

बालसैन्य मुक्त गर्न राष्ट्रसंघको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रसंघले नेकपा (माओवादी) को सैन्य शिविरमा रहेका झन्डै ३ हजार बाल सैनिकलाई तत्काल शिविरबाट मुक्त गर्न नेपाल सरकार र माओवादीसँग आग्रह गरेको छ।बालबालिका तथा सशस्त्र द्वन्द्वका लागि राष्ट्रसंघका महासचिव बान कि मुनका विशेष प्रतिनिधि राधिका कोमरास्वामीले मंगलबार एक विज्ञप्तिमार्फत सो आग्रह गर्नुभएको हो। झन्डै ३ हजार बालबालिकालाई अझै पनि आधिकारिक रूपमा माओवादी सैन्य शिविरबाट मुक्त नगरिएको उल्लेख गर्दै शिविरमा रहेका बालबालिकालाई मुक्त गरे मात्र शान्ति सम्झौताले र्सार्थकता पाउने उहाँले उल्लेख गर्नुभएको छ।गएको वर्षनेपालस्थित राष्ट्रसंघीय मिसन (अन्मिन) र युनिसेफले माओवादी शिविरमा उमेर नपुगेका कुल २ हजार ९ सय ७३ व्यक्तिको पहिचान गरेको थियो। विशेष प्रतिनिधि राधिकाले शिविरमा रहेका बालबालिकाको सामाजिक हकअधिकारको ग्यारेन्टी गर्न पनि आग्रह गर्नुभएको छ।

No comments: