News

Aug 16, 2008

नवनिर्वाचित प्रधानमन्त्रीको सोमबार पद तथा गोपनीयताको सपथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सोमबार पद तथा गोपनीयताको सपथ लिनुहुने भएको छ । उहाँले राष्ट्रपति डा. रामवरण यादवबाट सपथग्रहण गर्नुहुने जनाइएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष कार्यक्रममा उहाँले सपथ लिनुहुने छ ।सपथ लिएपछि उहाँले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गइ पदभार ग्रहण गर्नुहुने छ । हिजो शुक्रबार संविधानसभामा भएको निर्वाचनमा प्रचण्ड गणतान्त्रिक नेपालका पहिलो प्रधानमन्त्री निर्वाचित हुनुभएको हो ।

No comments: