News

Aug 19, 2008

सरकारी सुरक्षाकर्मीसँगै माओवादी जनसेना पनि रहने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षाका लागि सरकारी सुरक्षाकर्मीसँगै माओवादी जनसेना पनि रहने माओवादीको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्रीको सुरक्षाका लागि माओवादी लडाकुलाई पनि तैनाथ गरिने विषय सातबुँदे सहमतिविपरीत भएको कांग्रेसले ठहर गरेको छ ।कांग्रेसले प्रकाशित विज्ञप्तिमा यस विषय माओवादीको प्रतिबद्धताविपरीत पनि हो भन्दै प्रधानमन्त्रीको मुख्य सुरक्षा व्यवस्थामा नेपाली सेना रहनुको सट्टा माओवादी लडाकु तैनाथ गरिएकामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । माओवादीले प्रधानमन्त्रीको सुरक्षामा जनसेना पनि खटाउने निर्णय सोमबार गरेको थियो ।देशको अति सम्वेदनशील एवम् राष्ट्रिय महत्वका संस्थाहरूमा जिम्मेवार स्थानबाट राष्ट्रिय सेनालगायत राष्ट्रका सुरक्षा संयन्त्रहरूको मनोबल गिराउने र तेजोबध गराउनसक्ने कुनै पनि कार्यको निन्दा गर्दै पार्टीले तत्काल यस्ता कार्य र 'द्वैध चरित्रका गतिवधि' बन्द गर्न एवं न्यूनतम राष्ट्रिय सुरक्षाका मापदण्ड नबिथोल्न सचेत गराएको छ ।

No comments: