News

Aug 12, 2008

वेलायतमा यलम्बरहाङ रनिङ शिल्ड फूटवल प्रतियोगिता-२००८

लिम्वूवान डट व्लगस्पोट डटकम,वेलायत
गत अगष्ट १० तारिखको दिन वेलायतको आसफोर्डस्थित किरातहरूको प्रथम राजा यलम्बरहाङको नामबाट किरात याक्थुङ चुम्लुङ यू.के.द्धारा स्थापित यलम्बरहाङ रनिङ शिल्ड फूटवल प्रतियोगिता-२००८ भब्यताका साथ सम्पन्न भएको खबर छ ।विश्वास दीप तिगेलाले केन्टबाट प्रेषित गरेको खबरअनुसार विभिन्न २४ टिमको सहभागिता रहेको प्रतियोगितामा एकै समयमा ५ वटा फूटबल मैदान प्रयोग गरिएको थियो । विहान ११ बजेदेखि शुरु भएको खेल बेलुकी ७ बजे समाप्त भएको थियो । प्रतियोगितामा सिनियर र जुनियर टिमहरू छुट्टाइएको थियो । सिनियर तर्फ इन्टेक ८३ टिमलाई अन्तिम पेनाल्टीमा हराउादै धरान टिम बिजयी भयो भने जुनियर तर्फ क्यान्टवरी टु आरजीआरलाई हराउादै मेड्स्टोनका एफसि तोङ्बा टिमले पेनाल्टीबाटै यस बर्षको यलम्बरहााङ कप २००८ हातमा पार्‍यो । खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुनुले झण्डै २ हजारको संख्यामा उपस्थित दर्शकले चाखपूर्वक हेरेको खेलमा मौसमले पनि उत्तिकै साथ दिएको थियो ।
सिनियर तर्फ यस बर्षको उत्कृष्ट खेलाडी शम्भु लिम्बू र सर्वाधिक गोल हान्नेमा छवि लिम्बू घोषित भएका थिए । जुनियर तर्फ बर्षको उत्कृष्ट खेलाडी विक्रम गुरुङ र सर्वाधिक गोल गर्नेमा चेष्टध्वज थापामगर घोषित भए । विजयी खेलाडीहरूलाई पूर्व राज्यमन्त्री विजयप्रकास थेवे, वेलायतका पूर्व चुम्लुङ अध्यक्ष श्रीप्रसाद लिम्बू, नेपाल चुम्लुङका उपाध्यक्ष नरकुमारी लिम्बू, डा. विना थेवे, डा. चन्द्र लक्सम्बा र आयोजक अध्यक्ष बमप्रसाद लिम्बूले शिल्ड, टंकर तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । विश्व आदीवासी दिवसको अवसरमा आयोजित यलम्बरहाङ रनिङशिल्ड फूटवल प्रतियोगितामा प्रवेश शुल्क १ सय १० पाउण्ड राखिएको थियो । एक टिममा ७ जना मात्र सहभागि हुने ब्यबस्था थियो । नाम दर्तामा ढिलाइका कारण स्थानिय अंग्रेज टिमलगायत अरु केही टिम सहभागि हुनुबाट बञ्चित हुनु परेको थियो । वेलायतमा आयोजना हुने ठूला प्रतियोगिता मध्येको ठूलो प्रतियोगितामा यसलाई पनि लिइएको छ ।

No comments: