News

Aug 22, 2008

पूर्वपश्चिम राजमार्ग बन्दपछि वैकल्पिक मार्ग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी नदीमा आएको बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि काठमाडौं र पश्चिम नेपाल जाने यात्रुहरुका लागि चतरा-फत्तेपुर सडक विकल्प भएको छ । बाढीले राजमार्गमा लामो समयसम्म यातायात सञ्चालन हुन नसक्ने अवस्थामा चतरा-फत्तेपुर सडक राम्रो विकल्प बनेको छ ।चतरास्थित सप्तकोसी नदीमा डुंगाबाट तरेर पारी उदयपुरको रामपुर हुँदै फत्तेपुर कञ्चनपुर हुँदै राजमार्गबाट गन्तव्य स्थान पुग्ने गरिन्छ । लौकही-भाण्टाबारी सडक खण्ड भत्किएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएकाले अहिले दैनिक हजारौँको संख्यामा यात्रीहरुले सो मार्ग प्रयोग गरिरहेका छन् । काठमाडौँ, सिरहा र पश्चिम जान यही मार्ग प्रयोग गरेर दैनिक हिँड्न थालेका छन् । दैनिक बस र टयाक्सीमा चतरासम्म आउने यात्रुको संख्या एक्कासि बढेको छ स्थानीय व्यवसायीहरु बताउँछन् । झुम्का वा धरानबाट चतरा पुगेपछि त्यहाँबाट डुङ्गा तरेर उदयपुरको रामपुरबाट टयाक्टरको प्रयोग गरी फत्तेपुर-सप्तरीको कञ्चनपुर हुँदै पूर्व पश्चिम राजमार्ग जोडिन्छ । यसरी यो मार्गको प्रयोग गर्दा करिब चार घण्टाको अधिकतम समय लाग्ने गरेको उक्त सडक प्रयोग गर्ने विराटनगर-४ निवासी निश्चल दाहाल बताउँछन् । चतरा-फत्तेपुर हुँदै काठमाडौँ जाने मार्ग यो स्थायी विकल्प देखिएको यसको विकास गर्नुपर्ने चतरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण श्रेष्ठ बताउनुभयो । चतराबाट रामपुर जान डुङ्गामा प्रतियात्रुले २० तिर्ने गरेका छन् भने दुइ किलोमिटर टाढा पैदल हिँडेर झोलुङ्गे पुल प्रयोग गरी कोसी तर्न सकिन्छ ।सप्तकोसीमा पुल भत्किएको सडकको स्तर सुधार गर्न चतराका स्थानीय बासिन्दाले माग गरेको छ । यसैबीच यातायात व्यवसायीले राजधानीलगायतका पश्चिमका विभिन्न स्थानमा जानका लागि भारतको बाटो प्रयोग गरी यात्रुलाई लाने गरेका छन् । भारतको जोगवनी हुँदै काठमाडौँ र सिरहा लागि यहाँबाट यातायातका साधन हिँडेको पूर्वाञ्चल यातायात व्यवसायी संघले जनाएको छ ।

No comments: